दफा १२१
अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने

(१) कसैले सार्वजनिक रुपमा अश्लिल किताब, पर्चा बनाउने लगायतका देहायको कुनै काम गर्न हुँदैनः–
(क) शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब,पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्नवा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न,
(ख) त्यस्तो अश्लील वस्तु खरीद बिक्री वा वितरण गर्न वा भाडामा दिन वा सर्वसाधारणलाई देखाउन वा त्यस्तोगर्ने नियतले अाफ्ना साथमा राख्न,
(ग) कुनै व्यक्तिबाट त्यस्तो अश्लिल वस्तु यस प्रकार प्राप्त हुन सक्छ भनी विज्ञापन दिन,
(घ) त्यस्तो अश्लिल वस्तु बिक्री वितरण गर्ने उद्देश्यले निकासी वा पैठारी गर्न वा आफूसँग बोक्न ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि वैज्ञानिक, शैक्षिक, कलात्मक, साहित्यिक, अनुसन्धानमूलक,ज्ञानवर्द्धक महत्व वा अभिरुचीको वा धार्मिक प्रयोजनको लागि राखिएको वा बनाइएको कुनै कृतिको हकमा यस दफाकोव्यवस्था लागू हुने छैन ।